चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा दुई बस एक आपसमा ठक्कर खाँदा पाँच यात्रु घाइते भएका छन ।
आज दिउसो २ः३५ बजे भरतपुर महानगरपालिका २९ गाइघाटमा पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख १६२१ नम्वरको बस र पाल्पाबाट काठमाडौं जाँदै गरेको लु २ ख ६७६२ नम्बरको बस एक आपसमा ठक्कर खाँदा पाँच जना घाइते भएका हुन् ।
घाइतेमध्ये ४ जनाको अवस्था मध्येम र १ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
Post Views: 67
Discussion about this post