जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो, दुई जनाको मृत्यु

खबर चितवन

खबर चितवन

सञ्जय मिश्रा, रौतहट । रौतहट जिल्लाको पूर्विभेग गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ति बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खसेर दुई जना जन्तीको मृत्यु भएको छ भने अन्य कैयौं जन्ती घाईते भएका छन ।

मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पंडित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन ।

घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीका अनुसार गढीमाई ६ सिङगारमनस्थित भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहारी गाँउबाट सर्लाहीतर्फ जन्ती बोकी जादै गरेको एचआर ७ डी ८३८२ नम्बरको स्कार्पियो गाडी आज बिहान ९ बजे अनियन्त्रित भई नहरमा पल्टिएको थियो ।

उक्त गाडीमा जम्मा १२ जना सवार  सवार मध्ये ५ जना सकुशल रहेको, ३ जना नाम थर वतन नखुलेको स्थानिय अस्पताल तर्फ उपचार गर्न पठाईएको प्रहरीले जनाएको छ । चालक भने फरार भएका छन। दुर्घटनामा
काठमाण्डौ घर भएका बर्ष ५५ को कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पण्डितलाई गम्भिर अवस्थामा उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाईएकोमा उनीहरुलाई डाक्टरले मृत घोषणा गरेको डिएसपी त्वातीले जानकारी दिएका छन ।

चक्रघटाकै बर्ष २५ को अमलेश ठाकुर दाहिने खुट्टा, छाती,घाँटीमा चोट अवस्था  प्रादेशिक अस्पताल गौरमा उपचार भईरहेको छ । गाडी चालकको नाम ठेगाना नखुलेका तथा उनी सम्पर्क बिहिन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Continue Reading

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...