भोलि (सोमबार) देखि मनसुनको सकृयतामा कमी आउने

खबर चितवन

खबर चितवन

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा क्रमिकरुपमा दक्षिण तिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सकृयतामा कमी आउने बताएको छ ।

सोमबारदेखि महाशाखाले केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा र  थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

तसर्थ वर्षाको कारण भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको,  खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...