3pl Addiction Helpline America addictionhelplineamerica

असार १५ मा दही, चिउरा खानुको महत्व !

खबर चितवन

खबर चितवन

पं- बालमुकुन्द देबकोटा काठमाडौं । मिति २०८१ साल आषाढ १५ गते शनिवार अष्टमी तिथी अपरान्ह: ३ / ३४ बजेसम्म त्यस उप्रान्त नवमी तिथि आरम्भ भएको हुनाले यो दिन दही ,चिउरा खानेदिन र धान दिवस भएकोले यसको महत्व के छ ?

दही चिउरा खानु एउटा पुरानो परम्परा भएपनि यो संस्कृतिकै रुपमा विकास भइसकेको छ । भनाई नै छ असार १५ मा दही,चिउरा ,साउन १५ मा खिर. जनैपूर्णिमामा क्वाँटी,माघमा तरुल, घ्यु , चाकु आदी खाइने परम्परा छ । यि सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो।

यि सबै विषेश अवसरको आफ्नै महत्वको रहेको छ ।अरु अवसरको महत्व जेजस्तो भएपनि असार १५ को दिन दही चिउरा भगवानलाई तुलसी राखेर अर्पण गरी खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यकालागि शरीर फूर्तिलोहुने जनविश्वास रहेको छ ।यसै पनि गर्मी र बाफिलो मौसम त्यसमा दही चिउराखाँदा शीतलता भने पक्कै प्रदान गर्छ नै ।

दहिमा कार्बोहाइड्रेट , चिनी र बोसो न्यून हुने हुनाले यसले धेरै आलस्य गराँउदैन ।दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ।जसले शरीरलाई चिसो राख्न मद्दत गर्छ ।असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरिरलाई सन्तुलित राख्ने र दहिमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले कामगर्न शक्ति र जोश पनि प्रदान गर्छ ।

उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईंगरी रमाउने चलन छ।रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ।रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णकालागि अन्नपूर्णको माता लक्ष्मीको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ।

रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पुर्‍याउँदै आएको छ।कतैकतै ठूला खेती भएकाले रोपाईंगर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ।यो परम्परालाई जोगाइराख्नु हजुरहरु हाम्रो सवैको दायित्व हो।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...