3pl

आज २०८१ साल जेठ ८ गते मङ्गलबारको राशिफल

खबर चितवन

खबर चितवन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक भेटघाट हुने, मिठो भोजनको प्राप्ति हुने, रमाइलो यात्रा हुने समय छ । बौद्धिक क्रियाकलापमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज धनागम हुने, स्वास्थ्य राम्रो रहने छ। परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । आर्थिक क्षेत्रहरु सबल रहनुका साथै शेयर बजारबाट पनि लाभ लिन सकिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसारको उपलब्धि पाउन कठिन हुन सक्छ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट फाइदा लिने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा कमजोरीको अनुभूति हुन सक्छ। काममा उचित समय दिन सकिंदैन। खर्च बढ्नाले आर्थिक कठिनाई आउन सक्छ। आज नयाँ लगानीको लागि समय अनुकूल छैन। आफन्त तथा साथीभाईसँग विवाद पर्न सक्ने रहेकाले ध्यान दिनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।  पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुन सक्छ। अनावश्यक विवादमा पर्दा काम बिग्रिन सक्ने भएकाले सचेत हुनुपर्छ। सहकर्मी वा साथीभाईबाट अपेक्षा गरेअनुसारको सहयोग नमिल्न सक्छ। आयआर्जनको क्षेत्र आज मध्यम रहन सक्छ। पढाईमा अलिक मेहनत गर्नुपर्ने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा उत्साह र उमङ्ग रहन सक्छ। शत्रुहरूलाई पराजित गर्न सक्ने समय रहेको छ। नयाँ ठाउँमा घुमघामको अवसर मिल्न सक्छ। पारिवारिक सामिप्यता बढ्न सक्छ। विद्यार्थीहरुको पढाईमा ध्यान जान सक्ने र राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सम्पन्न हुन लागेको काममा बिध्नबाधा आउन सक्छ। कल्पना नगरेको ठाउँमा खर्च गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा कमजोरीको अनुभव हुने र काम गर्ने जोशजाँगर कम हुन सक्छ। विद्यार्थीहरुले पढाईमा उचित ध्यान दिन नसक्दा उचित परिणाम प्राप्त गर्न कठिन हुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
उचित मेहनतले गरिएको कामबाट लाभ हुने समय छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । पारिवारिक तथा प्रेम सम्बन्ध राम्रो रहन सक्छ। विद्यार्थीहरुले पढाईबाट सफलता प्राप्त गर्न सक्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । आज काममा ढिलासुस्ती देखिए पनि काम सम्पन्न हुन सक्छ । पारिवारिक तथा प्रेम जीवनमा सामान्य विवाद आएपनि त्यसलाई समाधान गर्न सक्ने समय छ। विद्यार्थीले पढाईमा अलिक ध्यान दिन जरुरी छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शरीरमा चोटपटक लाग्न सक्ने, धनको हानि हुन सक्ने समय छ। सहकर्मी तथा मित्रबाट असहयोग हुन सक्छ भने जीवनसाथीको स्वास्थ्य पनि कमजोर रहन सक्ने समय छ। विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...