चितवन । भरतपुर महानगरपालिका–२८ स्थित अन्द्रौलीमा गएराति बाघको आक्रमणबाट दुई बाख्रा मरेका छन् ।
पोथी बाघले स्थानीय मुमाकान्त सापकोटाले पालेको खसी र मणीभद्र सापकोटाले पालेको माउ बाख्रा मारेको गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष बिशाल कुमालले जानकारी दिए।
शनिबार राति करिब ९ बजेको समयमा मुमाकान्तको गोठमा पालेको खसीलाई बाघले आक्रमण गरेको थियो । स्थानीयहरुले हल्लाखल्ला गरेपछि नजिकै लुकेर बसेको बाघले आइतबार बिहान करिब २ बजेको समयमा मणीभद्रको बाख्रालाई आक्रमण गरेको कुमालले बताए ।
घरपालुवा जनावरलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी भइरहेको छ । जंगली जनावरको सिकार गर्न नसक्ने भएपछि उक्त बाघ गाउँ पसेको हुन सक्ने अनुमान गरिएको छ । बाघले घाइते वा बुढो भएको अवस्थामा जंगलमा सिकार गर्न सक्दैन ।
Post Views: 123
Discussion about this post