चनौली । भरतपुर महानगरपालिका-२० को वडा परिसरमा भोलि(शुक्रबार) महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
वडा नं. २० र वि.पि मेमोरियल क्यान्सर अस्पतालको सहकार्यमा वडा भित्र रहेका ३० देखि ६० वर्ष उमेर सम्मका महिलाहरुको स्वास्थ्य शिविर हुने भएको हो ।
वडाले सूचना जारी गर्दै सबै महिलाहरुलाई भोलि(शुक्रबार) बिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म २० नम्बर वडामा आइ निःशुल्क स्वास्थ्य शिविरको फाइदा लिन समेत अनुरोध गरेको छ ।
Post Views: 131
Discussion about this post