3pl

भरतपुर महानगरपालिकाद्वारा ८ वटा सामुदायिक विद्यालयमा खेल प्रशिक्षक नियुक्त

खबर चितवन

खबर चितवन

भरतपुर । भरतपुर महानगरपालिकाले ८ वटा सामुदायिक विद्यालयमा खेल प्रशिक्षक नियुक्त गरेको छ ।

महानगरमा एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहालले नियुक्ति पत्र प्रदान गर्नुभएको छ ।

खेलकुदको हब बन्दै गइरहेको भरतपुर महानगरपालिकाले पहिलो चरणमा विभिन्न खेलका प्रशिक्षक नियुक्ति गरेको हो ।

प्रमुख दाहालले भरतपुरमा खेल पूर्वाधारहरु बन्ने क्रम बढिरहेकाले दक्ष खेलाडी उत्पादन गर्ने कार्यलाई महानगरले जोड दिएको बताउनुभयो । प्रशिक्षकले जिम्मेवार ढङ्गबाट खेल गतिविधिलाई अगाडि बढाउन शुभकामना पनि दिनुभयो ।
भरतपुर महानगरले एक वडा एक खेल प्रशिक्षकको नीति पनि लिएको छ ।

प्रभात मावि, दुर्गा शेषकान्त मावि, हिमालय दण्डपाणि मावि, जानकी मावि मेघौली, अन्नपूर्ण मावि, राष्ट्रिय मावि कृष्णपुर, बालकुमारी मावि र नारायणी नमुना माविमा खेल प्रशिक्षक नियुक्त भएका हुन् ।

प्रशिक्षकहरुले भलिबल, फुटबल, क्रिकेट, तेक्वान्दो, कँराते, कबड्डी, पारा तेक्वान्दो र पारा एथ्लेटिक्सको विद्यार्थीलाई प्रशिक्षण दिने छन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...