गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्

खबर चितवन

खबर चितवन

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ। बलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको हो।

साँगाबाट जगातीतर्फ आँउदै गरेको ना.५ख. २३६१ नम्बरको बोलेरो गाडीले गोरखा पालुनटार नगरपालिका वडा नम्बर २ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नलिन्चोक वस्दै आएका ३८ वर्षीय कमल बयलकोटीलाई ठक्कर दिएको थियो। ठक्करपछि गम्भिर घाइते भई उपचारका लागि डा. ईवामुरा अस्पताल भक्तपुर लगिएकोमा थप उपचारको लागि सुमेरु अस्पताल ललितपुर रिफर भएपछि उनको उपचारकै क्रममा आज साँझ निधन भएको हो।

प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने बोलेरो गाडी र सवारी चालक सरलाही लालबन्दी नगरपालिका वडा नम्बर १६ बस्ने बर्ष २३ को सागर माझी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखिएको परिसरका सूचना अधिकारी राजन कार्कीले जनाए। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...