Ads by Eonads

विक्रम बाबा मेला चैत २७ गतेदेखि सुरु हुने

खबर चितवन

खबर चितवन

चितवन,१६ चैत । नेपालकै पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने एक मात्र विक्रम बाबा मेला चैत २७ गतेदेखि सुरु हुने भएको छ । चैतेदशैंलाई लक्षित गरी हरेक बर्ष चैत्र औंसीदेखि पूणिर्मासम्म मेला लाग्ने गर्दछ । मेला १५ दिनसम्म चल्ने भरतपुर महानगरपालिका वडा न. २३ का वडाध्यक्ष दिपक दवाडीले जानकारी दिए ।

विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् ।

विक्रम बाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको पनि यसमा आस्था बढेको देखिन्छ ।

किम्बदन्तीका अनुसार विक्रम नाम गरेको आदीबासी (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउमा पुजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ ।

बिश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज भित्रका आकर्षक पर्यटकीय स्थल तथा बन्यजन्तुहरुको अवलोकन गर्न समेत सकिने हुदा मेला भर्न आउनेहरुको संख्या बढ्दै गइरहेको छ। छिमेकी मुलुक भारतबाट समेत बिक्रम बाबा दर्शनका लागि भक्तजन आउने गर्छन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
नारायणी तटबन्धको मेयर रेनु दाहालद्वारा अनुगमन

नारायणी तटबन्धको मेयर रेनु दाहालद्वारा अनुगमन

चितवन । नारायणी तटबन्धनको कार्य प्रगतिबारे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहितको टोलीले निरीक्षण गरेको छ । तटबन्धको पहिलो चरणको २०...

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । त्यस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुन्छ: प्रधानमन्त्री

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन...