काठमाडौं,६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय विमान सफल अवतरण भएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष (जनवरी १, २०२३) बाट सञ्चालनमा आएको यस विमानस्थलमा चीनको छेन्दु–तियान्फु विमानस्थलबाट पहिलो उडान भएको हो ।
चीनबाट उडेको एयरलायसन्सले १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेत सोही विमानमा पोखरामा झरेका हुन् ।
उनीहरुलाई पर्यटनमन्त्री सुदन किराती लगायतले स्वागत गरेका छन् ।
Post Views: 376
Discussion about this post