चितवन,६असार । चितवनको रत्ननगर नगरपालिका बाट ३३ तोला ५० लाल सुनसहित २ लाख ५० हजार रुपैंया नगद चोरी भएको छ । हिजो दिउसो १२ः४५ बजेको समयमा रत्ननगर नगरपालिका १२ का ५३ वर्षिय गोपाल ओझाको घरबाट सुन र नगद चोरी भएको हो ।
चोर घरको पछाडि पट्टीको ढोका फोरेर भित्र पसेको प्रहरीले जनाएको छ । घरको तलो तलको कोठामा रहेको दराज फोरेर नगद र गरगहना चोरी भएको वडाध्यक्ष सुन्दरमणि सुवेदीले जानकारी दिए ।
घटनापश्चात टोली खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनमा पछिल्लो समय चोरीका घटना बढेका छन् ।
Post Views: 498
Discussion about this post