छैठौं चितवन च्याम्पियनसिप फुटबल असार ५ गतेदेखि हुँदै

खबर चितवन

खबर चितवन

चितवन,४ असार । छैठौं संस्करणको चितवन च्याम्पियनसिप फुटबल असार ५ गतेदेखि हुने भएको छ । एभरेष्ट क्लब भरतपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो । जुनियर प्रहरी अधिकृत शिक्षालयको मैदानमा हुने प्रतियोगिता असार १६ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा चितवनका १० र दुई बाहिरी जिल्लाका गरि कुल १२ टोली सहभागी हुने हिजो(आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा अभिषेक चर्च रहजर, नारायणी मोटर्स युनिक एफसी, सेन्ट्रल क्लब रामपुर फुटबल क्लब रड्स, हर्दी युवा समाज भण्डारा, जुनियर प्रहरी अधिकृत शिक्षालय र गैंडाकोट फुटबल क्लब रहेका छन् ।

यस्तै समूह ‘बी’ मा केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी), स्टार स्पोर्ट्स क्लब बरुवा माडी, सूर्यपुर फुटबल क्लब कालिका, त्रिवेणी फुटबल क्लब मुग्लिन, आयोजक एभरेष्ट फुटबल क्लब र भतेरी युवा क्लब (जु एफसी) जुगेडी रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा अभिषेक चर्च रहजर र नारायणी मोटर्स युनिक एफसी भिड्नेछन् । प्रतियोगिताको उद्घाटन भरतपुर महानगर प्रमुख रेनु दाहालले गर्ने आयोजक एभरेष्ट क्लबका अध्यक्ष प्रेमबहादुर गुरुङ (गोपाल) ले जानकारी दिए ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सेमिफाइनल अघि दर्शकका लागि ५० तथा सेमिफाइनल र फाइनलका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

२० हजार दर्शकले प्रतियोगिताको अवलोकन गर्ने अपेक्षा रहेको प्रवद्धक संस्था चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए । प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको कार्कीले बताए । प्रतियोगिता सम्पन्न गर्न १९ लाख ७० हजार खर्च हुने अनुमान छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...