काठमाडौँ,३ असार । शनिवार राती परेको वर्षासँगै आएको बाढी पहिरोमा परी धनजनको क्षतिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गर्नुभएको छ । शनिवार पूर्वी नेपाल र देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षति पुगेको छ । पुर्ण विवरण भने अझै आउन बाँकी छ ।
प्रधानमन्त्री प्रचण्डले बेपत्ता भएकाहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरूलाई निर्देशन समेत दिनुभएको छ । बाढी–पहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको विवरण आएको छ ।
सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री प्रचण्डले प्रभावित क्षेत्रमा सबैले सहयोग गर्न अपिल गर्नुभएको छ ।
Post Views: 226
Discussion about this post