ईभरग्रिन ईको क्लबको आयोजनामा वातावरण तथा प्रकृती संरक्षणू सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

खबर चितवन

खबर चितवन

भरतपुर,२ असार । ईभरग्रिन ईको क्लबको आयोजनामा शुक्रबार वातावरण तथा प्रकृती संरक्षणू सम्बन्धि जनचेतनामूलक कार्यक्रम भरतपुर११,बसेनी स्थित सिद्धिबिनायक माध्यमिक बिधालयमा सम्पन्न भएको छ ।

बिधालयका प्रधानाध्यापक शिव कोइराला प्रमुख अतिथि र क्लबका अध्यक्ष बिमल सुबेदीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।May be an image of 6 people, people studying and text

प्रथम प्रस्तुति वातावरण तथा प्रकृतिको स्थिति शिर्षकमा क्लबकी कोषाध्यक्ष नेमा घमल्याको रहेको थियो यस्तै दोश्रो प्रस्तुति क्लबका अध्यक्ष बिमल सुबेदीको वातावरण तथा प्रकृति बिनासको परिणाम शिर्षकमा रहेको थियो भने तेश्रो प्रस्तुति क्लबका सचिब शालिकराम पाठकको वातावरण तथा प्रकृति संरक्षणका समाधान शिर्षकमा रहेको थियो ।May be an image of 7 people, people studying and text

उक्त प्रस्तुतिहरुका मार्फत वातावरण प्रदुषण र प्रकृति बिनासको हालको स्थितिका बारेमा जानकारी दिईएको थियो यस्तै भु-मण्डल तापक्रम बृ्द्धि भई जलवायु परिवर्तनको मानव र अन्य जिवजन्तुहरुलाई के-कस्तो असर पर्छ भन्ने बारेमा सचेत पनि गराईएको थियो,साथै बृक्षारोपणको महत्व बुझाउदै प्राकृतिक श्रोतरसाधनहरुको दुरुपयोग कम गर्न र फोहोरलाई सहि तरिकाले ब्यबस्थापन गरी प्रदुषण कम गर्न सिकाईएको थियो ।May be an image of 2 people, people studying and text

कार्यक्रमका सहभागिहरुमाझ प्रस्तुतिकै बिषयहरुको प्रश्न सोधेर सहि उत्तर मिलाउनुहुने सहभागिलाई नाेटबुक पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।May be an image of 11 people, people studying and text

क्लबका अध्यक्ष तथा कार्यक्रमका सभापति सुबेदीले कार्यक्रममा साथ दिनुहुने सिद्धिबिनायक माध्यमिक बिधालयका प्रधानाध्यापक,शिक्षक,विद्यार्थी साथै क्लबका सम्पुर्ण सदस्यलाइृ धन्यबाद दिदै आउदा दिनहरुमा पनि वातावरण तथा प्रकृती संरक्षणका यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमलाई क्लबका सचिव शालिकराम पाठकले सहजिकरणगर्नुभएको थियो ।

Continue Reading

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...