चितवन ,२ असार । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा चितवनको नारायणी नदीकिनारमा योग शिविरको आयोजना गरिएको छ । भारतिय महावाणिज्य दुतावास वीरगन्ज र उद्योग वाणिज्य संघ–चितवनको समन्वयमा भएको योग शिविरमा करिब सात सय जनाको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई पतन्जली योग समितिकी अस्मिता पाण्डेले योग अभ्यास गराएकी थिइन् । योग शिविर मा नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना, कर्मचारीहरु, विभिन्न संघसस्थाका प्रतिनिधिहरुका साथै सर्वसाधरणको सहभागिता रहेको थियो ।
उक्त योग शिविरको उद्घाटनको अवसरमा भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले दैनिक योग अभ्यासले स्वस्थ्य जीवनयापनमा सहज हुने बताइन् । मेयर दाहालले योग शिविरमा सिकेको ज्ञानलाई दैनिक जीवनमा प्रयोगमा ल्याउनु पर्ने बताइन् ।
उक्त अवसरमा जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीले योग शिविरको आयोजना गरेकोमा महावाणिज्य दूतावासलाई धन्यवाद दिँदै योगलाई दैनिक जीवनमा लागु गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
Discussion about this post