प्रधानमन्त्री प्रचण्ड र डा. बाबुरामबीच भेटवार्ता

खबर चितवन

खबर चितवन

काठमाडौं,१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड र नेता भट्टराईबीच शुक्रबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।

भट्टराई आफूलाई उपेक्षा गरेको भन्दै गोरखा पुगेर संगठन विस्तारमा लागेका थिए । तर, शुक्रबार बिहान बालुवाटार पुगेर उनले प्रचण्डसँग भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, संघीय बजेट, टीआरसीलगायत शान्तिप्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा छलफल भएको भट्टराईले बताएका छन् ।

बाहिर चलेका हल्लाको पछि नलाग्न आग्रह गर्दै उनले सामाजिक सञ्जालमार्फत प्रचण्डसँगको भेटमा नयाँ समझादी बनेको समेत बताएका छन् । ‘विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको छ,’ उनले भनेका छन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...