चितवन,१ असार । रासायनिक विषादीको प्रयोगलाई विस्थापित गर्न पश्चिम चितवनका किसानलाई एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरिएको छ।
भरतपुर महानगरपालिका र जिल्ला आईपिएम कृषक संघ चितवनको सयुंक्त आयोजनामा भरतपुर १३, १६, २६ र २३ नम्बर वडाका सय जना कृषकलाई तालिम प्रदान गरिएको हो।
चार महिनासम्म सञ्चालन भएको पाठशालामा पर्साढाप आईपिएम कृषक पाठशाला, प्रगती नमुना आईपिएम पाठशाला, कालिका आईपिएम पाठशाला र सक्रिय (मिलीजुली) आईपिएम कृषक पाठशालाका कृषकहरुको सहभागिता रहेको थियो। फागुन महिनादेखि सुरु भएको पाठशाला चार ठाउँमा सञ्चालन गरिएको जिल्ला आईपिएम कृषक संघकी अध्यक्ष रमा ढुंगानाले जानकारी दिए।
जिल्ला आईपिएम कृषक संघले २० बर्षदेखि पाठशाला सञ्चालन गर्दै आएको छ। कोभिडका कारण रोकिएको पाठशालालाई यसबर्षदेखि निरन्तरता दिन लागिएको आइपिएम अभियान्ता रिता बास्ताकोटीले जानकारी दिए। उनका अनुसार हालसम्म एक सयभन्दा बढी कृषक समुहलाई तालिम प्रदान गरिएको छ। बालि उत्पादन नसकिँदासम्म पाठशाला सञ्चालन गरिने उनले बताए। अहिले किसानहरु आईपिएम पाठशाला प्रति आक्रषित भएको बास्ताकोटीको दावि छ।
चितवनमा प्राङ्गारिक कृषि प्रमाणीकरण अभियान समेत थालेका छन्। चितवनमा जिल्ला प्राङगारिक संघ चितवन अन्तर्गतका २९ जना कृषकहरुले अगार्निक सिटिफिकेसन नेपाल (ओसिएन) प्राप्त गरेका छन्। उनीहरुले ३६ दशमलव ४ हेक्टर क्षेत्रफलमा खेती गरेका छन् । त्यसबाहेक अन्य किसानले पनि प्राङगारिक खेती गरेको पाइन्छ। नेपालमा करिव २ लाख हेक्टरमा २ लाख किसानले प्राङ्गारिक खेती गरेको तथ्यांक छ।
बीउको उपचार विधि थाहा पाएपछि प्राङ्गारिक खेती गर्न समस्या नहुने प्रधानमन्त्री कृषि आधुनीकिरण परियोजना कार्यान्वयन ईकाई चितवनका प्रमुख धनबहादुर थापा बताउँछन्। कृषि ज्ञान केन्द्र चितवनका निमिक्त प्रमुख मीन बहादुर पुनले प्राङ्गारिक खेतीको प्रवद्र्धनमा आफूहरु लागेको बताए। ‘व्यवसायीक कृषि बढ्यो। रासायनिक बिषादी पनि बढ्यो,’ उनले भने, ‘रासायनिक विषादीको ठाउँमा जैविक विषादी प्रयोग गर्न सकिन्छ।’
Discussion about this post