काठमाडौं,१ असार । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेले थुनछेक आदेश गर्दै दुई जनालाई धरौटीमा छोडेका छन् भने अरु १६ जनालाई थुनामा पठाएका छन्।
अदालतले प्रतिवादी लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको अभियोगमा पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता खाण, नेकपा एमाले नेता र रायमाझी र बहालवाला सचिव टेकनारायाण पाण्डेसहित १८ जना पक्राउ परेका थिए।
Post Views: 275
Discussion about this post