भरतपुरको शिवघाटस्थित आयुर्वेदिक औषधालयका कविराजलाई स्थानीयले कालोमाेसो दले

खबर चितवन

खबर चितवन

भरतपुर,३२ जेठ । भरतपुरको शिवघाटस्थित आयुर्वेदिक औषधालयका कविराजलाई स्थानीयले कालोमाेसो दलेका छन् । लामो समयदेखि कार्यालयमा उपस्थित नभएको आरोप लगाउँदै स्थानीयले कालोमुसो दलेका हुन् ।

औषधालयका कविराज देवराज लामिछानेलाई स्थानीय राजु पौडेल सहितको समूहले हिजो दिउँसो कार्यालयमै कालोमाेसो दलको बताईएको छ । स्थानीयले निज लामिछाने लामो समयदेखि कार्यालयमा उपस्थित नभएको, औषधालयको सेवा प्रभावित भएको आरोप लगाउँदै कालोमाेसो दलेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले घटनामा संलग्न राजु पौडेलाई पक्राउ गरेको जनाएको छ । कार्यालयका सूचना अधिकारी डिएसपी विजयराज पाण्डितका अनुसार सोधपुछका लागि पौडेललाई ल्याईएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले घटनाबारे आफूलाई जानकारी आएको तर विस्तृत विवरण प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले कर्मचारी कार्यालयमा अनुपस्थित भएको भए कारवाही हुने बताउँदै कालोमाेसो दल्ने काम भने गलत भएको बताउनुभयो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...