काठमाडौं,३१ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले घटेर एक लाख ११ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य ९ सय रूपैयाँले घटेर प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको भाउ प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले घटेर एक हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४५० रूपैयाँमा कारोबार भएको थियो ।
Discussion about this post