3pl Addiction Helpline America addictionhelplineamerica

भरतपुर १८ मा ३० दिने एडभान्स सिलाइ कटाई तालिम सम्पन्न

खबर चितवन

खबर चितवन

गुञ्जनगर,३० जेठ । पश्चिम चितवनको गुञ्जनगरमा एडभान्स सिलाइ कटाई तालिम समापन भएको छ । भरतपुर महानगरपालिकाको आयोजना तथा भुमिका टेक्नीकल सर्भिस प्रा.ली देबचुली २ नवलपरासीको प्राबिधिक सहयोगमा संन्चालित मेयर सँग उद्यमशिलता तालिम अन्र्तगत ३० दिने एडभान्स सिलाई कटाई (टेलरिङ्ग) तालिमको आज भरतपुर १८ को सभाहल समापन सम्पन्न भएको छ ।

May be an image of 4 people, dais, temple and text

भरतपुर महानगर प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पनन भएको हो । तालिम समापनमा बोल्नु हुर्दै प्रमुख दाहालले भरतपुर १८ मा रहेका महिलालाई आत्मानिर्भर बनाउनका लागी सिलाई कटाई तालिमको सुरुवात गरिएको बताउनुभयो ।

May be an image of 8 people, dais and text

देशका जनशक्ति विदेशिने क्रम बढिरहेको हुदाँ यसलाई न्युनिकरण गर्न यस किसिमको तालिमको आवश्यकता भएको बताउनु भयो । महानगरमा उद्यमशिलता तालिम हुनु गौरवको विषय भएको बतानु हुर्दै वडामा फेरी पनि यस्तो तालिम सञ्चालन भएमा वडा र आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने भरतपुर १८ का वडा अध्यक्ष बावुराम रानाले बताउनु भयो । एक महिना सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न वडा अध्यक्ष रानाले आग्रह गर्नुभयो ।

 

मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने वडा अध्यक्षले बताउनु भयो । २२ जनाले तालिम लिनु भएको थियो । प्रशिक्षर्थीहरुलाई आशा बोहोराले प्रशिक्षण दिनुभएको थियो भने भुमिका टेक्नीकल सर्भिस प्रा।लीकी निर्देशक दिपा देबकाटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...