उद्योग वाणिज्य संघ–चितवनले दियो घर भाडामा छुट

खबर चितवन

खबर चितवन

भरतपुर,३१ जेठ । उद्योग वाणिज्य संघ चितवनले आफ्नो व्यवसायिकभवनमावहालमा रहेकाव्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवनकोे बुधवार बसेको नियमित १५ औं कार्य समितिको बैठकले संघको नाममा शहिदचोकमा रहेको व्यावसायिक भवनमा वहालमा लिई व्यवसाय गर्ने व्यवसायीहरूलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको छ ।

आर्थिक जटिलताको कारण व्यवसायी आर्थिक समस्यामा परेकोले उद्योग वाणिज्य संघ चितवनले घरभाडामा लगाउने घरधनीहरुलाई आफ्नो अनुकलता अनुसार घरभाडामा छुट दिनको लागि यस अगावै अपिल गरिसकेको छ । देशमा व्याप्त चरम आर्थिक मन्दिका कारण व्यापार व्यवसायिक गतिविधिमा ह्रास आएको हुँदा व्यवसायीहरु घरभाडासमेत तिर्न नसक्ने अवस्थामा व्यवसायीहरू पुगेको संघले जनाएको छ ।

कोभिड १९ र तत्पश्चात सृर्जित व्यवसायिक जटिलता, बैंक व्याज वृद्धि जस्ता समस्याहरूको सामनागर्दै आएका उद्योगी व्यवसायीहरू अहिले चरम आर्थिक मन्दीमा परेका कारण व्यवसायीलाई छुट दिने कार्य आफैबाट शुरु गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनु भयो । बर्तमान अवस्थालाई मध्यनजर गरी  अरू घर धनिहरुले कम्तिमा यो अवस्था सहज नहुंदा सम्मको लागि घर भाडामा केहि प्रतिशत छुट दिनु हुन तथा घर वहाल सम्झौता बमोजीम यस बर्ष घरवहालमा बृद्धि गर्ने समय आएका घरधनिहरुले यो समयमा घरभाडामा बृद्धि नगरी राहत प्रदान गर्नुहुन उद्योग वाणिज्य संघ चितवनले अपिल गरेको छ । संघको माताहतमा रहेको व्यवसायिक भवनमा व्यवसाय गरिरहेको व्यवसायीलाई सम्झौता बमोजिम यस वर्ष बृद्धि हुने वहाल रकम समेत छुट दिएको संघले जनाएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...