अरुणखोलामा डुबेर १३ वर्षीय बालकको ज्यान गयो

खबर चितवन

खबर चितवन

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं १० मा रहेको अरुणखोलामा डुबेर १३ वर्षीय बालकको ज्यान गएको छ ।अरुणखोलाको पुल तल पानी जमेर बनेको दहमा पौडी खेल्न गएका मध्यविन्दु-१० टाडीका १३ वर्षीय बालक महेश खानगा साथीहरु सँग पौडी खेल्ने क्रममा डुबे पछि प्रहरी र स्थानियले अचेत अवस्थामा उद्धार गरेका थिए ।

पानीको दहबाट अचेत अवस्थामा उद्धाए गरि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याईएको बालकलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बताए । पछिल्लो समय गर्मि बढे सँगै पौडी खेल्ने क्रममा पानीमा डुबेर ज्यान गुमाउनेको संख्या बढेको छ ।

गत शनिबार कालीगण्डकी नदिमा पौडी खेल्न जादा दुईजनाले डुबेर ज्यान गुमाएका थिए भए सोमबार अरुणखोलाकै मुखे ढुङ्गा रहमा पौडी खेल्न गएका शिक्षकको डुबेर ज्यान गएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...