भरतपुर २४ मा महानगर प्रमुख दाहालद्धारा स्वास्थ्य चौकीसहित ४ वटा भवनको उद्घाटन

खबर चितवन

खबर चितवन

ध्रुब,२९ जेठ । भरतपुर महानगरका २४ मा आज स्वास्थ्य चौकीसहित ४ वटा भवनको उद्घाटन भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वास्थ्य चौकी,छेथरलिङ वौद्ध गुम्बा संग्राहलय भवन, जनपथ क्लबको भवन र एकता सार्की समाजको भवनको उद्घाटन गर्नु भएको हो ।

No description available.

कार्यक्रमलाइ सम्बोधन गर्नु हुर्दै महानगरमा २९ वटा वडा रहेपनि ४ वटा वडामा मात्रै ठुलो अस्पताल मेडिकल कलेज रहेको र ग्रामिण भेगका जनतालाई लक्ष्ति गरी सजह स्वास्थ्य सेवा पुराउने अभियान तीब्र पारिएको प्रमुख दाहालले बताउनुभयो। महानगरभित्रका विपन्न समुदायलाई लक्षित गरी वडाहरुमा पहिलो चरणमा २० वटा स्वास्थ्य केन्द्र स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको जानकारी दिँदै भरतपुरमा एक वडामा कम्तीमा एउटा अत्याधुनिक स्वास्थ्य केन्द्रको व्यवस्था गरिने उहाले बताउनु भयो ।

No description available.

उहाले भरतपुर–२४ लाई दिगो विकास गर्ने लक्ष्यसहित पूर्वाधार विकाससँगै सिँचाइ, कृषि फर्मलाई अनुदानमा यन्त्र उपकरण, पर्यटकीय स्थलको स्तरोन्ति, मेसजाली फाउण्डेसन, पशु चिकित्सालयलगायतका धेरै काम भएको उल्लेख गर्नु भयो ।भरतपुर २४ का भूमिहिन सुकुम्बासीलाई एक महिनाभित्रे लालपुर्जा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । लालपुर्जा वितरण गर्ने काम तीब्र रुपमा अगाडि बढाईएको उहाँको भनाई छ ।

No description available.

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले महानगरपालिकाले नीति तथा कार्यक्रम ल्याए सगै जनताको सानाभन्दा साना समस्या सम्बोधन हनेमा विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा जनस्वास्थ्य प्रबर्द्धन शाखा प्रमुख दिपक सुबेदी,भरतपुर २४ का निवर्तमान अध्यक्ष कान्छा मल्ल स्थानीय समाजसेवि हरु लगायतको उपस्थिति रहेको थियो । भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष राम बहादुर गोदारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No description available.

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...