काठमाण्डाै,३० जेठ । बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालबिरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।
पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि मंगलवार सुनुवाइ हुन लागेको हो ।माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।
Post Views: 235
Discussion about this post