काठमाडौं,३० जेठ । यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा आज पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो ।
आज कारोबार रकम पनि बढेको छ । विभिन्न दुई सय ७० कम्पनीका एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता शेयर रू चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौ सय ४३ कारोबार भएका छन् ।
आजको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरु सबै कम्पनीको बढेको छ । नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ ।
सबैभन्दा धेरै जीवन बीमा समूह दुई सय ७६ दशमलव ६० र निर्जीवन बीमा समूह दुई सय २४ दशमलव ९० अङ्कमा कायम भएको छ । बैंकिङ समूह सात दशमलव ३६, विकास बैंक ५८ दशमलव १४, वित्त ३६ दशमलव ९२, होटल तथा पर्यटन एक सय तीन दशमलव ७६, जलविद्युत् ४८ दशमलव ५७ र लगानी समूह एक दशमलव ३६ अङ्कले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन दुई सय २१ दशमलव ५७, लघुवित्त ९६ दशमलव ७०, म्युचुअल फन्ड शून्य दशमलव १६, व्यापार ६१ दशमलव ५० र अन्य समूह १५ दशमलव ५३ अङ्कले बढेको छ ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा प्रतिकित्ता तीन दशमलव ९३ प्रतिशतको गिरावट देखिएको छ ।
Discussion about this post