चितवनमा नहर मिचेर बनेका संरचना हटाउन कार्यदल गठन

खबर चितवन

खबर चितवन

चितवन,३० जेठ । नारायणी लिफ्ट तथा खगेरी सिँचाइ प्रणालीको रेखाङ्कनभित्र रहेका अतिक्रमित तथा अव्यवस्थित बसोबासी हटाउन कार्यदल गठन भएको छ ।

नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरद्वारा नारायणी लिफ्ट र खगेरी सिँचाइ प्रणालीको नहरको अतिक्रमण गरी भएको अव्यवस्थित बसोबास सम्बन्धमा आज कार्यदल गठन गरिएको हो ।

नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुखको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अधिकृत, भरतपुर महानगरपालिकाका अधिकृत, भूमि सुधार तथा मालपोत कार्यालयका अधिकृत, नापी कार्यालयका अधिकृत, नारायणी लिफ्ट उपभोक्ता समितिका अध्यक्ष र खगेरी सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष सदस्य रहने गरी कार्यदल गठन गरिएको हो ।

कार्यदलका सदस्य सचिवमा नारायणी लिफ्ट सिँचाइ व्यवस्थापन कार्यालयका अधिकृत रहने व्यवस्था गरिएको छ । कार्यदलले अध्ययनपछि अतिक्रमित जग्गाबाट हट्न सम्बन्धित पक्षलाई ३० दिने सूचना जारी गर्ने, उक्त समयभित्र अटेर गरी बसे सुरक्षा निकायको सहयोगमा हटाइने निर्णय भएको संयोजक घनश्याम कार्कीले जानकारी दिए ।

उनका अनुसार नारायणी लिफ्ट सिँचाइतर्फ नारायणपुर, कैलाशनगर, पारसनगर फूलबारी क्षेत्रमा नहरको अक्रिमण भएको छ । त्यस्तै खगेरी सिँचाइतर्फ देवनगर, रामपुर, मङ्गलपुर गीतानगर क्षेत्रमा अतिक्रमण भएको सो अवसरमा जानकारी दिइएको थियो ।

विसं २०४० मा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको नारायणी लिफ्ट सिँचाइ आयोजनाबाट चार हजार सात सय हेक्टर क्षेत्रफल सिँचाइ हुने गर्दथ्यो । नारायणी नदीको लिफ्टिङ गरेर पानी निकाली नहरमा पठाइन्छ । जसबाट २५ हजार घरधुरी लाभान्वित हुने गरेका थिए ।

विसं २०२६ मा सञ्चालनमा आएको खगेरी सिँचाइ आयोजनाले तीन हजार नौ सय हेक्टर क्षेत्रफल सिञ्चित गर्दछ । खगेरी खोला, ताल र घोलबाट आएको पानीलाई सङ्कलन गरी नहरमा पठाइने गरिएको छ । जसबाट १५ हजार घरधुरी लाभान्वित हुने कार्यक्रममा जानकारी दिइयो । रासस

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...