काठमाण्डाै,३० जेठ । एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग ९ रनले पराजित भएको छ । आज मंगलवार भएको खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले १९.२ ओभरमा अल आउट हुँदै ८७ रन बनाएको थियो ।
पाकिस्तानलाई नेपालले मात्र ८७ रनमा समेटेको थियो। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन्। त्यस्तै कविता कुँवर, कविता जोशी, सीता रानामगले समान २–२ विकेट लिए।
८८ रनको सामान्य लक्ष्य पछयाएर जवाफी ब्याटिङमा उत्रिएको नेपाल २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रनमा समेटिँदै नेपाल पराजित बन्न पुगेको हो ।
नेपालका लागि कविता कुँवरले २० र कविता जोशीले नटआउट १५ रन जोडेका थिए तर त्यो जितका लागि पर्याप्त भएन् ।
Post Views: 359
Discussion about this post