चनौली,२९ जेठ । नेपाल रेडक्रस सोसाईटी चनाैली उपशाखामा नयाँ सुविधासम्पन्न एम्बुलेन्स आएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १८ र २० को सहयोग तथा चनौली उपशाखा यसस्कर तथा विशिष्ट सदस्यहरूको सदस्यता शुल्क वापत उठेको रकमले नेपाल सरकारको भन्सार छुटमा अक्सिजन, एसी, स्वास्थ्यकर्मी सहितको सुविधा सम्पन्न ख श्रेणीको एम्बुलेन्स खरिद गरीयको हो ।
उक्त एम्बुलेन्स खरिद गर्न भरतपुर महानगरपालिका वडा नं. १८ ले रू.तिन लाख र भरतपुर महानगरपालिका वडा नं. २० वाट रू.पाँचलाख अनुदान दिएको थियो । उक्त एम्बुलेन्स भरतपुर वडा नं. १८ का वडाध्यक्ष बावुराम राना र भरतपुर वडा नं. २० का वडाध्यक्ष मुक्तिप्रसाद घलेले रेडक्रस चनौली उप शाखालाई आइतबार औपचारिक रुपमा हस्तान्तरण गरेका हुन ।
नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाले रजतजयन्तीको अवसरमा नयाँ एम्बुलेन्स खरिदका निम्ति अर्थिक सहयोग जुटाउने अभियान चलायको र निरन्तरको प्रयाश पछी सहयोग जुटाउदै नया एम्वुलेन्सको खरिद गर्न सफल भएको उपशाखाका सभापती ओमप्रसाद लामिछानेले वताए।
चनौली उपशाखाको सक्रियतामा इमर्जेन्सी क्लिनिक सञ्चालनको तयारीमा जुटेको वताउदै उनले इमर्जेन्सी क्लिनिक भवनका निर्माणको निम्ती अभियान थालेको वताए। चनौली उपशाखाले नयाँ एम्बुलेन्स खरीद, इमर्जेन्सी क्लिनिक सञ्चालन,नियमित रक्तदान कार्यक्रम, आँखा परीक्षण तथा पाठेघर क्यान्सर परिक्षण लगायतका स्वास्थ्य शिविरहरू, वृक्षरोपण, विद्यालय तथा बजार सरसफाइ अभियान, विद्यालयहरुमा जुनियर युवा रेडक्रस गठन लगायतका कार्यक्रमहरु गरेको अध्यक्ष लामिछानेले जानकारी दिए ।
Discussion about this post