धानको बिउ नउम्रे पछि भरतपुरका किसानहरु चिन्तीत

खबर चितवन

खबर चितवन

पुनम मगर चनौली,२९ जेठ । मानो खाएर मुरी उर्माने यो समयमा चितवनका किसानहरु चिन्तामा छन् । बर्ष दिन खाने खेति उर्माने यो समयमा लगाइएको धानको बिउ नउम्रे पछि कृषकहरुमा पिर थपिएको छ ।

लामो समयको खरेडीले यो बर्ष लगाइएको बाली समेत राम्रो भएन । धानको बिउ नउम्रे पछि केहि चिसो ठाउको खोजी गर्दै फेरी धानको बिउ छर्दै छन् किसानहरु भरतपुर १७ का मिना रानाले सहकारी बाट अनुदानमा धानको बिउ ल्याएर छर्नु भयो ।

खडेरीको कारण बिउ उम्रीए नसके पछि अहिले फेरी साझा बाट बिउ ल्याएर छर्नु भएको छ ।दोस्रो पटक पनी नउम्रर्ने हो कि भन्ने चिन्ताले उहालाइ सताएको छ ।No description available.

धानको बिउ उम्रन ढिला भए बर्ष दिन खाने खेती लगाउन पनि ढिला हुने रउत्पादन घट्रने समस्या हुनेमा समेत उहा चिन्तीत हुनु हुन्छ । पानी नपरेकैै कारण मकैको घोगा नलागेर बोट मै मकै सुकेको चिन्ता नहट्रर्दै धानको बिउ नउम्रे पछि भरतपुर २६ का पार्वती बिश्वकर्मा पनि चिन्तीत हुनु हुन्छ ।

सिचाइको सुबिधा भएको ठाउमा बिउ उमारे पनी जमीन मुनी नै पानी नरसाए पछीे बिउ राम्रो नभएको उहा बताउनु हुन्छ ।बिउ नउम्रे पछि चार सय मिटर टाढा बाट सिचाइको पानी ल्याएर लगाउनु भए पनी बिउ उम्रने छाट नदेखिएको उहा बताउनु हुन्छ । यो बषर््ा खेतिको लागि योग्य समय नभएको समेत उहा बताउनु हुन्छ ।No description available.

चितवनमा यस बर्ष २३ हजार हेक्टर भन्दा बढी क्षेत्रफमा धान लगाइने कृषी ज्ञान केन्द्र चितवनका सुचना अधिकारी मिन बहादुर पुन बताउनु हुन्छ ।लामो खरेडीको कारण बिउ उर्मान समस्या भए पनि असार महिनामा नै चितवनका आधा भन्दा बढी भागमा रोपाइ सकिने उहाको भनाइ छ ।

चितवनमा असारको दोस्रोे साता बाट नै धान रोपाइ सुरु हुन्छ ।विशेष गरि यहा बढी हाइब्रेट,उन्नत जातमा सावीत्री,सावा मनसुली,राम धान लगाइन्छ भने अलि सुख्खा ठाउमा राधा चार धान लगाइन्छ ।जिल्लाका सबै क्षेत्रमा धान खेती हुने भए पनि विशेष गरि खैरहनी, राप्ती,कालीका,इच्छाकामना,भरतपुरको पश्चिम भेग र माडी धान उत्पादनको पकेट क्षेत्रका रुपमा लिने गरिन्छ ।

जिल्लामा गत बर्ष २२ हजार ९ सय क्षेत्रफलमा ९६ हजार ४ सय ८२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...