3pl

चितवनका विभिन्न ठाउँमा पानी पर्ने विश्वासका साथ भ्यागुताको विवाह गरियो

खबर चितवन

खबर चितवन

चितवन,२९ जेठ । भरतपुर महानगरको विभिन्न ठाउँमा पानी पर्ने विश्वासका साथ भ्यागुताको विवाह गरिएको छ । लामो समयदेखि खडेरी परेर तापक्रम बढेसँगै मानिसहरु आत्तिएर धार्मिक बिहेअनुसार भ्यागुताको बिहे गरेका हुन् ।

हिजो आइतबार भरतपुर महानगरपालिका–५ सापकोटा चोकमा विवाह गरियो भने शनिबार भरतपुर–९ काँडाघारी टोलमा भ्यागुताको विवाह गरिएको थियो । बाजागाजा र नाँचगानसहित गरिएको विवाहमा ठूलो संख्यामा मानिसहरुको सहभागिता रहेको थियो ।

सापकोटा चोककी स्थानीय निशा अधिकारीले गर्मीले विद्यालय र क्याम्पसहरु बन्द भएकोले पनि ठूलो संख्यामा मानिसहरु रमाइलो उत्सवमा सहभागी भएको नारायणी अनलाइनलाई जानकारी दिइन् ।

भरतपुर–९ स्थित काँडाघारी टोलविकास संस्थामा सञ्चालित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले शनिबार रुद्री पूजासहित भ्यागुताको बिहे गराइदिएर पानी मागेको छ ।

 

विगत केही सातादेखि पानी पर्न नसकेका कारण मौसममा आएको अत्यधिक तापक्रमले आक्रान्त जनताको शीतलताको कामना गर्दै त्यस टोलका संस्थापक अध्यक्ष बालकृष्ण पौडेल, अध्यक्ष फणिन्द्र भट्टराई, पूर्वअध्यक्ष गोविन्द पौडेल, टोलका तथा उपसमिति सहसंयोजक कृष्णप्रसाद शर्मा पौडेललगायत ज्येष्ठ नागरिक अगुवाहरुको पहलमा रुद्री पूजासहित भ्याकुताको बिहे गराइदिएर भगवान् श्रीमहादेवसँग पानी माग गरेका हुन् ।

 

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको उपसमितिको संयोजकसमेत रहेका बालकृष्ण पौडेलको अध्यक्षतामा भएको एक औपचारिक कार्यक्रममा पण्डित तुलसीप्रसाद कँडेल विवाहका प्रमुख अतिथि थिए । कार्यक्रम कृष्णप्रसाद शर्मा पौडेलले समापन गरेका थिए ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...