3pl Addiction Helpline America addictionhelplineamerica

लम्पीस्किन रोगबाट नवलपरासीमा ७० गाईभैँसी मरे

खबर चितवन

खबर चितवन

नवलपरासी,२८ जेठ । घरपालुवा पशुचौपायामा प्रमुख स्वास्थ्य समस्याका रूपमा फैलिएको लम्पीस्किन रोगबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ७० गाईभैँसी मरेका छन् ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका अनुसार जिल्लामा हालसम्म लम्पीस्किनबाट ४५ गाई, १० बाच्छाबाच्छी, नौ भैँसी, तीन पाडापाडी तथा तीनवटा गोरु मरेका छन् ।

विज्ञ केन्द्रका प्रमुख डा ऋषभ गुरागाईँले लम्पीस्किनबाट जिल्लाको विनयी त्रिवेणी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार विनयी त्रिवेणी गाउँपालिकामा १९ वटा पशुचौपाया मरेका छन् ।

त्यसैगरी मध्यविन्दु नगरपालिकामा १६ तथा कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा १०–१० वटा पशुचौपाया मरेका गुरागाईँले जानकारी दिनुभयो ।

हालसम्म जिल्लाका दुई हजार चार सय ५० पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । केन्द्र प्रमुख डा चापागाईँका अनुसार जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा आठ सय २५, मध्यविन्दु नगरपालिकामा पाँच सय ४८, कावासोती नगरपालिकामा चार सय २५, हुप्सेकोट गाउँपालिकामा दुई सय ८५, गैँडाकोट नगरपालिकामा एक सय ८५, बुलिङटार गाउँपालिकामा ६९ तथा बौदीकाली गाउँपालिकामा ४६ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ ।

लम्पीस्किन रोगबाट जिल्ला सबैभन्दा बढी गाई सङ्क्रमित भएका उहाँले बताउनुभयो । लम्पीस्किन देखिएका पशुचौपायामध्ये एक हजार सात सय १९ वटा गाई तथा २७ वटा पाडापाडीमा सङ्क्रमण देखिएको छ । “लम्पीस्किनबाट पशु मर्ने नै अवस्था होइन”, उहाँले भन्नुभयो, “लम्पीस्किनका कारण पशुचौपायाको शरीरमा आउने फोका पाक्ने र फुट्ने हुन्छ ।

सययमा उपचार भएन भने फोका फुटेको ठाउँबाट सङ्क्रमण फैलिएर पशुचौपायाको मृत्यु हुने गरेको छ ।” लम्पीस्किनको मुख्य उपचार खोप भएकाले पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण नदेखिँदै उनीहरूलाई खोप लगाउनुपर्ने डा चापागाईँको भनाइ छ । जिल्लाका सबै पालिकामा निरन्तर अनुगमन तथा निगरानी गरेर भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले औषधि पठाउने काम गरिरहेको उहाँले बताउनुभयो ।

लम्पीस्किनविरुद्धको खोप लगाएमा पशुचौपायाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले पशुपालक कृषक सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । लम्पीस्किन भाइरल रोग भएकाले लामखुट्टे, झिङ्गा तथा विभिन्न कीराको टोकाइबाट पशुलाई जोगाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।

लम्पीस्किन रोगको सङ्क्रमणले पशुचौपायाको शरीरमा फोका निस्कने र पशुलाई कमजोर बनाई मृत्युको मुखमा पुर्याउने भन्दै डा चापागाईँले सङ्क्रमित पशुचौपायालाई अन्य पशुसँग नराख्ने, त्यस्ता वस्तुलाई आवतजावतमा रोक लगाउने, चरनमा नलैजाने, जैविक सुरक्षाका विधि अपनाउनुपर्ने बताउनुभयो ।

कृषकले पालेको पशुचौपायामा लम्पीस्किनको शङ्का लागेमा त्यस्ता पशुलाई अन्यबाट अलग गराएर तुरुन्त पशु चिकित्सकलाई खबर गर्नुपर्ने उहाँको भनाइ छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...