प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध रिट दर्ता

खबर चितवन

खबर चितवन

काठमाडौँ,२८ जेठ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतलाई विपक्षी बनाइएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पूर्वबालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाललगायतले दिएको रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।

रिटको पेसी आउँदो मङ्गलवारका लागि तोकिएको उहाँले बताउनुभयो । रिटमा नेकपा (माओवादी केन्द्र) को दशक लामो सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको आरोप छ ।

यो रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । तर शुक्रवार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले दरपिठ खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...