3pl

प्रधानमन्त्री प्रचण्ड पूजा गर्न पशुपति पुगे

खबर चितवन

खबर चितवन

काठमाडौं,२७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथ पुगेका छन्। उनी शनिबार बेलुका ५:५५ बजे पशुपति प्रवेश गरेको स्रोतले जानकारी गराएको छ।

त्यसैगरी उनले केही समय पशुपतिको मुल मन्दिरमा पुगेर पूजा अर्चना गरिरहेको सुरक्षा स्रोतले पुष्टि गरेको छ। स्रोतले भन्‍यो, ‘प्रधानमन्त्रीज्यू केही समयअघि पशुपति प्रवेश गर्नुभई अहिले मुल मन्दिरमा पूजा गरिरहनु भएको छ।’

यसअघि प्रधानमन्त्री प्रचण्डले भारतको उज्जैनमा विशेष पूजा गरी फर्किएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले पशुपति दर्शन गर्न जाने कहिले हो भन्दै प्रश्न गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भारतीय विस्तारवादको विरोध गर्दै राष्ट्रवादी बन्‍नका लागि भारतीय भट्टलाई हटाएर नेपाली नागरिकलाई पूजारी नियुक्त गरेका थिए।

तत्कालीन संस्कृतिमन्त्री गोपाल किरातीले प्रधानमन्त्री प्रचण्डको निर्देशनमा भारतीय भट्टलाई पूजारीबाट हटाए पनि दुई सातामा नै उक्त निर्णय फिर्ता गर्नुपर्ने बाध्यतामा प्रचण्ड पुगेका थिए। पछि पशुपतिमा भारतीय नागरिकलाई नै पुनः मूलभट्ट बनाइएको थियो।

यसअघि भारतको महाकालेश्‍वरमा विशेष पूजा गरेपछि प्रचण्डले आफू हिन्दुवादी भएको प्रमाण पेश गर्दै भारतीय सत्ताको मन जित्‍ने रणनीति अपनाएको भन्‍ने टिप्पणीहरु भएका थिए।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...