नेपालको फिफा महिला वरीयता १०१औं स्थानमा

खबर चितवन

खबर चितवन

FILE: Nepal National Women's Football team players pose for a portrait before the game. Courtesy: ANFA/facebook

काठमाडौं,२७ जेठ । नेपालको फिफा महिला वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतानुसार नेपाल एक स्थान तल झरेको हो ।

नयाँ वरीयता अनुसार नेपाल १०१औं स्थानमा छ । यसअघि नेपाल १००औं वरीयतामा थियो । एसियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एसियाली राष्ट्रमा भने दोस्रो स्थानमा छ ।

नेपालले पछिल्लोपटक गत अप्रिलमा घरेलु मैदानमा भियतनामसँग पेरिस ओलम्पिकको लागि छनोटको पहिलो चरणको दुई खेल खेलेको थियो । विश्व वरीयतामा ६०औं स्थानमा रहेको भारत दक्षिण एसियामा शीर्षमा छ । भुटानले ७ स्थान सुधार गर्दै १७१औं स्थानमा उक्लिएको छ । यसअघि भुटान १७८औं स्थानमा थियो ।

विश्व वरीयतामा शीर्ष पाँचसम्म कुनै परिवर्तन भएको छैन । अमेरिका शीर्ष स्थानमा यथावत् छ । जर्मनी दोस्रो, स्वीडेन तेस्रो, इंग्लयाण्ड चौथो र फ्रान्स पाँचौं स्थानमा यथावत छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...