3pl Addiction Helpline America addictionhelplineamerica

एकदिवसीय विश्वकप छनोट : नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै

खबर चितवन

खबर चितवन

काठमाडौं,२७ जेठ । आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारी अन्तर्गत नेपालले आज दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले दिउँसो सवा १ बजे हुने खेलमा नेदरल्याण्ड्सको सामना गर्न लागेको हो। यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले सात विकेटले हराएको थियो।

त्यसैले पनि नेपाललाई जित निकाल्नैपर्ने दबाब छ। अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रिकाबाटै जिम्बावे जाने छ।

जिम्बावेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा १० टोली सहभागी छन्। सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

नेपाल परेको समूह एमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिका छन् । समूह बीमा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन्।

नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको शुरुआत गर्नेछ। दोस्रो खेलमा २० जुनमा अमेरिका र तेस्रो खेल २२ जुनमा ​वेस्ट इन्डिजसँग खेल्ने तय भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डसँग २४ जुनमा खेल्नेछ।

आ–आफ्नो समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...