Advertise here

भरतपुर महानगरपालिकाभित्रका विद्यालय थप चार दिन बिदा

खबर चितवन

खबर चितवन

चितवन,२६ जेठ । दिनदिनै गर्मी बढ्दै गएपछि भरतपुर महानगरपालिकाभित्रका विद्यालयमा थप चार दिन बिदा दिइएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले आज (शुक्रबार) एक सूचना जारी गरी जेठ ३० गतेसम्म बिदा दिने निर्णय भएको जनाएको हो ।

महानगरले यस अघि जेठ २१ गतेदेखि २६ गतेसम्म बिदा दिएको थियो । गर्मी निरन्तर बढ्दै गएकाले थप चार दिन बिदा दिने निर्णय भएको सूचनामा जनाइएको छ ।

नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ‚ ‘बिदाको समयमा बालबालिकालाई दिउँसो घाममा हिँड्डुल गर्न नदिने र नदी पोखरीमा पौडी खेल्ने, माछा मार्नेजस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउनुहोला ।’

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको...