Advertise here

२०८० जेठ २५ गते बिहिबारको राशिफल

खबर चितवन

खबर चितवन

२५ जेठ २०८०, बिहिवार असार कृष्ण पञ्चमी पञ्चाङ्ग: एन्द्र कौलव श्रवण

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ ।व्यापार व्यवसाय फस्टाउन सक्छ।  अध्ययनको क्षेत्रमा राम्रो राम्रो प्रगति हुनेछ। प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ भने परिवारको साथमा रमाइलो घुमघामको वातावरण बन्न सक्छन्।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सामाजिक तथा परोपकारी काममा मन जानेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिन्छ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्रेम तथा पारिवारिक जीवन आज राम्रो रहन सक्छ। विद्याको स्थान पनि राम्रो रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्य कमजोर रहन सक्छ र पेटमा केहि गडबडी हुन सक्छ। सवारी साधन चलाउँदा ध्यान दिनुपर्छ। अनावश्यक वादविवाद नगर्दा राम्रो हुन्छ। प्रेम जीवनमा सामान्य असमझदारी आउन सक्छ। पारिवारिक जीवन सामान्य रहनेछ। विद्यार्थीले पढाईमा अलिक ध्यान दिनुपर्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अरुको सहयोग पाईने तथा आफन्तको विश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद, प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ । साहसको काम गरेर लाभ लिन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । अन्य व्यापारमा मन्दी आउने भएपनि कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । लगनशिलताको साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आर्थिक क्षेत्रहरु सामान्य रहन सक्छन्।आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययन अध्यापनको क्षेत्र सामान्य रहन सक्छ। बोलीले काम बिगार्न सक्ने भएकाले बोल्दा विचार पूर्याउनुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । इमान्दारिता र मेहनतले आत्मविश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेम तथा पारिवारिक जीवनबाट खुसी प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्य तथा मनोरन्जनको क्षेत्रबाट खर्च हुन सक्छ। विश्वास गरेकाहरुबाट धोका हुन सक्छ। काममा बाधा रोकावट आउन सक्छ। साथीभाईबाट उचित सहयोग नमिल्न सक्छ। विद्यार्थीको पढाईमा मन नजान सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आम्दानीका विभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । प्रेम तथा पारिवारिक जीवन सुखी रहनेछ। परिवारका साथ रमाइलो यात्रा तथा मिष्ठान्न भोजनको योग रहेको छ। लगानी गरेको ठाउँबाट राम्रो प्रतिफल मिल्न सक्नेछ। अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको...