3pl Addiction Helpline America addictionhelplineamerica

भरतपुर महानगरद्धारा अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण

खबर चितवन

खबर चितवन

भरतपुर,२५ जेठ । भरतपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जिवनयापनमा सहजता ल्याउनको लागि महानगरपालिकाले बाख्रा बितरण गरेको हो ।

भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनले अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम अन्तर्गत रहेर बाख्रा बितरण गरेको हो ।

कार्यक्रममा बाख्रा बितरण गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको प्रष्ट पार्नुभयो । बाख्रा बितरण कार्यक्रम सानो भए पनि यो आर्थिक समृद्धिमा जाने सकेत हो उपप्रमुख अधिकारीले भन्नुभयो, यो एउटा सानो बीउ पुजि हो।

भरतपुर महानगरपालिकाले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुको लागि सहायता सामाग्री वितरण,ब्रेल अर्थात सेतो छडी बितरण,शैक्षिक सामाग्री बितरण लगाएतका अन्य थुप्रै कार्यक्रमहरु गर्ने लक्ष्य लिएको छ । यसका अलवा महानगरपालिकाले समावेशी शिक्षाको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रममा स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ता कुमारी पौडेल, अपाङ्गता समाज चितवनका अध्यक्ष होमनाथ अधिकारी लगाएतले बोल्नुभएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...