२०८० जेठ २४ गते बुधबारको राशिफल

खबर चितवन

खबर चितवन

२४ जेठ २०८०, बुधवार असार कृष्ण चतुर्थी पञ्चाङ्ग: ब्रह्म बव उत्तरषाढा

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज पारिवारिक सहयोग राम्रो पाउन सकिनेछ, गर्न खोजेका सबै काम सजिलैसंग सम्पन्न गरिनेछ, लाभका स्रोतहरू फेला पर्नेछन्, नयाँ कार्यक्रमको शुरुवात हुन सक्नेछ, समग्रमा समय राम्रो रहेको छ, भरपूर उपयोग गर्नुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज चिन्तापर्ने समाचार सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, आफ्नै छोराछोरीले धोका दिन सक्नेछन्, गरेका प्रयासहरू व्यर्थ हुनेछन्, पेट रोग वा कुनै न कुनै रोगले दु:ख दिन सक्ने योग छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी पूर्व दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज स्वास्थ्य मजवूद रहनेछ, टाढाबाट धन प्राप्ति हुनेछ, यश कीर्ति बढ्ने, आरोग्यता, प्रशन्नता, शत्रूमा आफ्नो जीत हुनेछ, सबै प्रकारको काममा सफलता मिल्न सक्नेछ, आफन्तको आगमनले घरमा नयाँ चहलपहल हुनेछ, समयको उचित सदुपयोग गरी कार्य गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि भएकाहरूका लागि आज एक्कासी धन लाभका अवसर मिल्न सक्नेछन्, मानसम्मान प्राप्त हुन सक्नेछ, जमिन लाभ, आफन्तसँग भेट हुने मौका, जताबाट पनि हर्ष र खुशीका खबर पाइनेछ, समय अत्यन्तै शुभ रहेको छ सदुपयोग गर्नसके सर्वाधिक फाइदा हुुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि आज स्वास्थ्य ठीकठाक रहने छैन, यात्रामा विघ्नबाधा आइलाग्नेछ, खानामा गडबडी हुन सक्नेछ, कम्मर दुख्ने, शूल रोगले सताउन सक्नेछ, व्यवसायमा आर्थिक मन्दी आउनेछ, आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज खानपिनमा ध्यान पु¥याउनु होला, सोचेजतिका सबै काम गर्न नसके पनि आंसिक पूरा हुनेछन्, आफ्नै कर्मचारीबाट विरोध आउन सक्नेछ, आफूमाथि अपरिचित व्यक्तिले आक्रमण गर्न सक्नेछन्, सावधान रहनु अत्यन्त जरुरी छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज पनि दिन शुभ छ, कसैसँग पैसा फिर्ता लिनुछ भने माग्न गएमा पाइने छ, सोचेका काममा सफलता पाउँदा मानसिक शान्ति तथा आराम मिल्नेछ, परिवारका सदस्यको सहयोग राम्रै पाइनेछ, आज जे काम गर्न बाँकी छन् गराई हाल्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज पनि दिन खराब छ, आफन्त इष्टमित्र नै बिघ्नबाधा पार्नेवाला भेटिनेछन्, मानसिक चञ्चलता, गर्न खोजेका काममा सर्वत्र विघ्नबाधा मात्रै देखा पर्नेछन्, सोचेका काममा उल्टा–उल्टा परिणाम आउने अवस्था छ, शरीर जोगाई सतर्क रहँदै दिन बिताउनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि भएकाहरूका लागि आज एक्कासी आम्दानी बढ्ने काम भेटिने छ, जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ, जलखेती किन्न मन भए आजै किन्नु होला, पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ, आज जे–जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज खाने कुरामा गडबडी, कुनै व्यक्तिसँग विवाद पर्ने, जताबाट पनि चित्त दुख्ने समाचार सुनाउने छन् । घरमा आगलागी, चोरीको विशेष खतराका दिन रहनेछ, व्यर्थको तनावले स्वास्थ्यमा असर समेत पार्ने देखिन्छ, सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि भएकाहरूका लागि आज लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ, बिरामी हुनुहुन्छ भने आजबाट स्वास्थ्यमा सुधार आउनेछ, उठ्नुपर्ने रकम उठ्नेछ, यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ, घर परिवारमा विशेष परिवर्तन आउनेछ, विवादित मुद्दामा आफ्नो जीत हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ, स्वास्थ्यको हिसावले राम्रै छ, सोचेको केही काम अधुरा रहने छन्, गर्न खोजेका काममा ढिलासुस्ती समेत हुनेछ, शिरमा चोट लाग्न सक्छ, कुनै महिलासँगको विवादमा झगडा पर्ने सम्भावना बलियो छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...