चितवन,२४ जेठ । काठमाडौंको ठमेलमा एक जना युवतीको हत्या भएको छ। मंगलबार काठमाडौं महानगरपालिका २६ ठमेल भगवती बहालमा बस्ने युवतीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो। उनीमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका-१० घर भई भगवती बहालमा डेरामा बस्ने ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ।
एसपी रिजालका अनुसार उनीहरू भगवती बहालको चार तले घरको दोस्रो तलामा डेरा लिएर ६ महिनादेखि लिभिङ टुगेदर गरी बसेका थिए। मंगलबार दिउँसो उनीहरूबीच विवाद भएर झगडा भएको थियो। रञ्जितकारले मापसे गरेका थिए।
मापसे गरेका उनले तामाङमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। साढे ३ बजे तामाङको उपचारको लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्याइएको थियो। उपचारको क्रममा राति पौने ८ बजे मृत्यु भएको एसपी रिजालले बताए।
प्रहरीले घटनामा संलग्न रञ्जितकारलाई पक्राउ गरेको छ। उनीमाथि प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान अघि बढाएको बताएको छ।
Discussion about this post