‘काने’अनिल परियार हत्याकाण्डका मुख्य आरोपित दिब्यनगरका अशाेक भण्डारी पक्राउ

खबर चितवन

खबर चितवन

चितवन,२४ जेठ । १३ महिनाअघि भरतपुर महानगरपालिका-७ कृष्णपुरमा भएकाे अनिल परियार हत्याकाण्डका मुख्य आराेपित पक्राउ परेको चितवन प्रहरीले जनाएको छ । ‘काने’ भनिने अनिल परियार नेपाली कांग्रेसका कार्यकर्ता थिए । गत वर्ष सम्पन्न स्थानीय निर्वाचनकाे प्रचार प्रसारकाे अन्तिम दिन वैशाख २५ गते साँझ साढे ७ बजे परियारकाे हत्या भएकाे थियाे ।

उक्त घटनापछि भरतपुरमा प्रदर्शनसँगै यहाँको राजनीतिक माहोल केही उत्तेजित भएकाे थियाे । तर प्रहरीले घटना राजनीतिक नभएर व्यक्तिगत रिसईबीले भएकाे भन्दै अनुसन्धान अगाडि बढाएकाे थियाे । अनिललाई धारिलाे हतियारले प्रहार गर्ने भरतपुर महानगरपालिका-२६ दिब्यनगर बस्ने ३८ वर्षीय अजयसिंह भनिने अशाेक भण्डारी पक्राउ परेकाे चितवन प्रहरीका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

भण्डारी घटनाकाे मुख्य याेजनाकार भएकाे डीएसपी पण्डितकाे भनाइ छ । यसअघि पनि उक्त हत्याकाण्डसँग जाेडिएका केही व्यक्तिहरू पक्राउ परेर कारबाही भाेगेका थिए । भारतबाट नेपाल फर्कँदै गरेका अशाेकलाई रूपन्देही प्रहरीकाे सहयाेगमा बेल्हिया (सुनाैली) बाट साेमबार मध्यराति पक्राउ गरिएको चितवन प्रहरीले जनाएकाे छ । थप अनुसन्धानका लागि बुधबार चितवन जिल्ला अदालतबाट म्याद थप गरेकाे डीएसपी पण्डितले जानकारी दिए ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...