इच्छाकामना गाउँपालिकाद्वारा गर्भवती महिलालाई अण्डा र क्याल्सियम चक्की वितरण

खबर चितवन

खबर चितवन

चितवन,२४ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रका गर्भवती महिलाहरुलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेको छ । गाउँपालिकाले मंगलबार गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरु मार्फत गर्भवती महिलाहरुलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरेको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९।८० को निति तथा कार्यक्रममा गर्भबती महिला को लागि पोषण सुधारको लागि अण्डा र क्याल्सियम चक्की वितरण गर्ने भनी ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सोही रकमबाटै गर्भवती महिलाहरुलाई अण्डा र क्याल्सियम चक्की वितरण गर्न थालिएको गाउँपालिकाका उपाध्यक्ष माया सिलवालले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमलाई गाउँपालिकाले आगामी वर्ष पनि निरन्तरता दिनेछ ।

उक्त सामाग्री गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती लगायतको रोहवरमा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका सहायक प्रमख हरि देवकोटाले जानकारी दिए । उनका अनुसार १ जना गर्भवती महिलालाई १ क्रेट अण्डा वितरण गरिएको थियो भने आवश्यकता अनुसार क्याल्सियम चक्की दिईएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...