माडी बाँदरमुढे घटनाको १८ वर्ष पुरा,पीडितको पीडा अझै उस्तै

खबर चितवन

खबर चितवन

माडी,२३ जेठ । चितवनको दक्षिण माडी बाँदरमुढे मा तत्कालीन माओवादीले यात्रु बसमा गराएको विष्फोटको घटना भएको १८ बर्ष पुगेको छ ।

तत्कालीन विद्रोही नेकपा (माओवादी)द्वारा सञ्चालित जनयुद्धको समयमा माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसलाई निशानामा राखेर गरेको विस्फोट ‘बाँदरमुढे घटना’ का रूपमा चर्चित छ ।

वि.सं. २०६२ साल जेठ २३ गते चितवन माडीमा यात्रुहरु बोकेर गुडिरहेको यात्रुबाहक बस विस्फोटमा पर्दा घटनास्थलमै ३८ जनाको ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए । घटनामा घाइते भएका थप ४ जनाको समयक्रममा मृत्यु भइसकेको छ ।

अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ आउँदै गरेको ना २ ख ३२४५ नम्बरको बसमा माओवादीले बम विस्फोट गराएका थिए । घटनामा अघिकाँस माडीकै सर्वसाधारण परेका थिए । घटनापश्चात् पीडितको राहतका लागि विभिन्न समयमा बोलिएका आश्वासन पूरा नहुँदा घटनाका पीडितहरु थप पीडित बन्दै गएका छन् ।

तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष एवं हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीडित पक्षसंग गरेको सहमती पूणर्रुपमा लागु हुन सकेको छैन । २०७४ मंसिर १७ गते भएको सहमतीमा मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ती र बालबालिकालाई निःशुल्क शिक्षा दिने लगायतका सहमती भएको थियो ।

यसैबिच,घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढे स्मारक स्थलमा बाँदरमुढे घटना पीडित समितिको आयोजनामा स्मृति सभा कार्यक्रम सञ्चालन हुँदैछ ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...