प्राविधिक समस्या आएपछि धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं नै फर्काइयो

खबर चितवन

खबर चितवन

काठमाडौं,२३ जेठ । मंगलबार बिहान काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या आएपछि यतै फिर्ता आएको छ।

‘प्रेसराइज फेल’ भएपछि जहाजलाई काठमाडौं नै अवतरण गरिएको त्रिभुवन विमानस्थलले जनाएको हो।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बिहान धनगढीका लागि उडान भरेको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको बताए।

‘जहाजको प्रेसराइजेसन फेलियर भएको हो,’ सिटौलाले नेपालखबरसँग भने, ‘जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएको थियो।’

उनले जहाज काठमाडौंमा सुरक्षित अवतरण गरेको जानकारी दिए।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...