पानी पार्न भ्यागुतोको विवाह

खबर चितवन

खबर चितवन

 दुधौली,२३ जेठ । लामो समयसम्म खडेरी परेपछि दुधौली नगरपालिका–४ डकाहामा पानी पार्न भ्यागुताको विवाह गरिएको छ । खडेरीले अन्नबाली सुक्न थालेपछि स्थानीयले भ्यागुतोको विवाह गरिदिएका हुन् ।

लामो समयदेखि खडेरी परेकाले अन्नबालीसमेत सुक्न थालेपछि भ्यागुतको विवाह गरेमा पानी पर्छ भन्ने जनविश्वासले भ्यागुतोको विवाह गरिदिएका हुन् । ब्राह्मणहरूले वैदिकमन्त्र पाठ गरी रुद्रीपूजा गरी एक जोडी भ्यागुताको धुमधामसँग विवाह गरिदिएका छन् ।

लामो समयसम्म पानी नपरेका कारण रुद्रीपूजा आयोजना गरी भ्यागुतोको विवाह गरिदिएको स्थानीय थानेश्वर काफ्लेले बताए ।

स्थानीयमा वैदिक मन्त्र पढी भ्यागुतोको जोडीको विवाह गरिदिएमा पानी पर्ने जनविश्वास रहेकाले करिब तीन–चार घन्टासम्म होमहोमादी गरी भ्यागुतोको जोडीको विवाह गरेको उनको भनाइ छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...