3pl Addiction Helpline America addictionhelplineamerica

चितवनको डाँडामा सिरक ओढेर सुत्नुपर्दा तराईमा पसिनै पसिना

खबर चितवन

खबर चितवन

चितवन,२३ जेठ । समाचार सङ्कलनका लागि इच्छाकामना गाउँपालिका–२ को मायाटार पुग्नुभएका पत्रकार दीपेन्द्र अधिकारी गएराति सिरक ओढेर सुत्नुभयो ।

जिल्लाको समथर भूभागमा सिरानी भिज्ने गरी पसिना आइरहेको समयमा पहाडमा भने मौसम शीतल भएको उहाँलाई महशुस भयो । यस जिल्लाको तराई भूभागमा तापक्रम हिजोआज ४० डिग्री हाराहारी हुँदा पहाडी क्षेत्रमा ३० डिग्री हाराहारी छ । पहाडी क्षेत्रमा रातको समयमा २० डिग्री हाराहारी तापक्रम रहने गर्दछ ।

तराईको उधुम गर्मी छल्न भन्दै यहाँका बासिन्दा अन्य जिल्लाका पहाडी क्षेत्र गइरहँदा जिल्लाकै शीतल पहाडी क्षेत्र भने ओझेलमा छ । पहाडी क्षेत्रलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्न सके जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ । बढ्दो गर्मीसँगै जिल्लामा आउने पर्यटकको सङ्ख्या घट्ने गर्दछ ।

जिल्लाको सदरमुकाम भरतपुरबाट छोटो समयको यात्रामै पुग्न सकिने सितल ठाउँहरु धेरै छन् । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ पहाडी क्षेत्रहरुमा घरबास (होमस्टे) सञ्चालनका लागि स्थानीयवासीलाई तालिम दिन थालिएको बताउनुहुन्छ । क्रमशः उनीहरुलाई सहयोग गरेर चेपाङ, मगर, गुरुङजस्ता जातिको होमस्टे सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको छ ।

निजी क्षेत्रले ती क्षेत्रहरुमा होटल रेष्टुरेन्ट सञ्चालन गर्न चाहेमा आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको उहाँ बताउनुहुन्छ । गाउँपालिकाको हात्तीवाङ, चौकीडाँडा, ज्यान्दाला, मायाटार, याक्राङ, पानडाँडालगायत क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाएर पर्यटन प्रवर्द्धन गर्न सकिने अध्यक्ष गुरुङको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “अधिकांश क्षेत्रमा सडक सञ्जाल पुगिसकेकाले काम गर्न अब कठिन छैन । जिल्लाको तराई भूभागमा चर्काे गर्मी भइरहँदा गर्मी छल्ने गन्तव्यका रूपमा डाँडाका भवनलाई प्रयोगमा ल्याउन सकिन्छ ।” भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदी महानगरकै वडा नं २९ मा हिल स्टेसन बनाउने विषयमा छलफल भइरहेको बताउनुहुन्छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन लागेको महानगरले पर्यटकीय पूर्वाधारको विकासमा जोड दिएको छ ।

उहाँ भन्नुहुन्छ, “तराई क्षेत्रमा गर्मीका कारण आत्तिएकाहरुलाई रमाइलोपन दिन पहाडी क्षेत्र उपयुक्त हुन्छन् ।” सरकारी तवरबाट आवश्यक पूर्वाधारहरुमा सहयोग गरेर निजी क्षेत्रलाई हिल स्टेसनमा लगानी गर्न अनुरोध गर्नुपर्ने र जिल्लाका मात्रै नभएर बाहिरका पर्यटक तान्ने गन्तव्य बनाउन पनि पहाडलाई लनि सकिनेमा पर्यटन विज्ञ सुवेदी जोड दिनुहुन्छ ।

होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुके जिल्लाका पहाडी क्षेत्रका डाँडाहरु पर्यटकीय गन्तव्यका हिसाबले उपयुक्त रहेको बताउनुहुन्छ । छोटो समयमा पुग्न सकिने भएकाले ती ठाउँहरुमा पूर्वाधार बनाउन सकेमा आन्तरिक र बाह्य पर्यटक तान्न सकिने उहाँको बुझाइ छ ।

गर्मी महिनामा जिल्लामा पर्यटक कम आउने भएकाले यो समयमा पर्यटकका लागि चिसो ठाउँमा पर्यटकीय पूर्वाधार हुनुपर्ने अध्यक्ष चुकेको भनाइ छ । जिल्लामा यतिबेला शिक्षण संस्थाहरु बढ्दो गर्मीका कारण बन्द भएका छन् । जिल्लावासीलाई गर्मी छल्नका लागि घुम्न सकिने नजिकका गन्तव्यस्थल कम छन् । आफ्नै जिल्लाभित्रका नजिकैका डाँडाहरु चिसो भए पनि पर्यटकीय पूर्वाधार कमीका कारण आरामले रात बिताउने ठाउँ कमै छन् । :- रासस

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...