Advertise here

२०८० जेठ २२ गते सोमबारको राशिफल

खबर चितवन

खबर चितवन

२२ जेठ २०८०, सोमवार असार कृष्ण प्रतिपदा पञ्चाङ्ग: साध्य कौलव मूल , विश्व वातावरण दिवस

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पारिवारिक विवाद बढ्ने, स्वास्थ्य कमजोर रहने, पुरा हुन लागेको काममा रोकावट आउन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। आज नयाँ लगानी तथा शेयर बजारमा कारोबारको लागि समय त्यति उपयुक्त छैन। विद्यार्थीहरुले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धेरै समयदेखि रोकिएका कामहरु आज पुरा हुन सक्छन्। पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्न सक्छ। प्रेम सम्बन्धमा रहेकाहरुले आफ्नो प्रेमीसँग राम्रो समय बिताउन सक्छन्। पतिपत्नीका बीच समझदारी बढ्नेछ। पढाईलेखाइ राम्रो रहनुका साथै शेयर बजारबाट पनि लाभ लिन सक्ने समय रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनमा उत्साह र उमङ्ग रहनेछ। शत्रुहरू पराजित हुन सक्छन्। प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ।  राज्यपक्ष र सरकारी कामहरु बन्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्ने समय छ । विद्यार्थीहरुको पढाईमा ध्यान लाग्न सक्छ। शेयर बजारबाट पनि लाभ हुन सक्ने समय रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिवारका साथ समय बिताउन सकिनेछ भने प्रेम जीवनमा रहेकाहरुले प्रेमीसँग घुमघाममा जान सक्ने समय छ। स्वास्थ्य आज सामान्य रहनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ मिल्न सक्छ। विद्याको क्षेत्रमा प्रगति हुन सक्छ। शेयर बजारबाट आज उचित लाभ नमिल्ने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज समय केहि प्रतिकूल रहन सक्छ । शरीरमा चोटपटक लाग्न सक्ने रहेकाले ध्यान दिनुपर्छ। पेट तथा छाती सम्बन्धि समस्या आउन सक्छ । यात्रा फलदायक नरहन सक्छ। साथीभाईको सहयोग नमिल्न सक्छ। पढाईमा रुचि नलाग्ने तथा शेयर बजारबाट घाटा हुन सक्ने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दाजुभाई तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ। आयआर्जन बढ्नुका साथै धनको संग्रह हुन सक्ने समय छ। पारिवारिक जीवनमा विश्वासको वातावरण बन्नेछ। अर्थपूर्ण रमाइलो यात्रा हुन सक्छ। विद्यार्थीले पढाईमा रुचि लिन सक्छन्। शेयर कारोबार गर्नेहरुले फाइदा कमाउने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

उचित सोचविचार नगरी बोल्दा र हतारमा निर्णय लिँदा काममा समस्या हुने तथा आफन्तसँग वैरभाव हुन सक्छ। संचित धनको नाश हुन सक्छ। विद्यार्थीले पढाईमा उचित ध्यान लगाउँदा राम्रो परिणाम प्राप्त हुन सक्छ। शेयर बजारको कारोबार सामान्य रहन सक्छ।धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । शेयर कारोबारबाट फाइदा हुन सक्ने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानी भन्दा खर्च बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ भने जागिरमा प्रतिष्पर्धीबाट बाधा हुने तथा कामको उचित जस नमिल्ने समय छ। स्वास्थ्य कमजोर रहन सक्ने भएकाले ध्यान दिनुपर्छ। अनावश्यक पारिवारिक विवाद नगर्दा नै राम्रो हुन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

रोकिएका आर्थिक लेनदेन मिल्ने र हात लाग्नुपर्ने धन मिल्न सक्छ। आफुभन्दा अग्रजको साथ सहयोग मिल्न सक्छ। पारिवारिक तथा प्रेम जीवन सुखमय रहन सक्छ। विद्यार्थीले पढाईमा उचित ध्यान दिएर राम्रो नतिजा प्राप्त गर्न सक्छन्। शेयर बजारको कारोबारबाट राम्रो लाभ मिल्न सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ कामको थालनी गर्नको लागि समय राम्रो छ। कार्यक्षेत्रमा रहेका विघ्नबाधा हटेर सहज वातावरण बन्न सक्छ। आयआर्जन बढ्नुका साथै साथीभाईको सहयोग मिल्न सक्छ। पढाईमा प्रगति तथा शेयर करोबारमा फाइदा हुने योग छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको...