काठमाडौं,२२ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका विचाराधीन मुद्दाको असार २९ गतेलाई साधारण तारेख तोकिएको छ।
फैसलाको पेशी पछाडि सरेसगै लामिछाने सोमबार नेपाली टोलीसँग अभ्यासका लागि दक्षिण अफ्रिका जाने भएका उनका कानुन व्यवसायी मुरारी सापकोटाले बताए।
अदालतमा मुद्धा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी राती २ बजे अफ्रिका जाने बुझिएको छ ।
नेपाली क्रिकेट टिमका अन्य सदस्यहरुले अभ्यास सुरु गरिसक्दा उनी मात्र नेपालमा रहेपछि उनलाई पनि लैजान नेपाल क्रिकेट संघले पहल थालेको थियो। क्यानले उनका कानुन व्यवसायीसँग सल्लाह गर्दै अदालतमा पनि पेशी नतोकी साधारण तारेखका लागि अनुरोध गरेको थियो।
विश्वकप छनौट खेलका लागि महत्त्वपूर्ण खेलाडी भएकाले अन्तर्राष्ट्रिय रुपमा यस्तो अभ्यास भएको भन्दै उनीहरुले सुविधा माग गरेपछि अदाललते यस्तो सुविधा उपलब्ध गराएको हो।
नेपालले दक्षिण अफ्रिमा अभ्यास गर्दै जिम्बाबेमा हुने विश्वकप छनौट खेल्नका लागि जाने छ। जिम्बाबेमा हुने खेलमा छनौट हुन सकेमा नेपालले विश्वकप खेल्ने छ।
नेपालले ८ जुनमा स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा वार्मअप खेल खेल्नेछ। त्यसपछि नेपाली टोली जिम्बाबे जानेछ। जिम्बाबेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ।
छनौट प्रतियोगिता भने १८ जुन देखि ९ जुलाई सम्म हुनेछ। नेपाल, वेस्ट इन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ‘ए’ मा छन्। समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन्। नेपालले १८ जुनमा जिम्बाबेसँग खेल्दै आफ्नो खेलको सुरुवात गर्नेछ।
Discussion about this post